एसिया कपमा श्रीलंकामाथि अफगानिस्तानको शानदार जित – Deurali Khabar

१२ भदौ, काठमाडौं । अफगानिस्तानले एसिया कप क्रिकेटमा शनिबार श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय मैदनजमा बलिङ र ब्याटिङ दुवैमा अलराउण्ड प्रदर्शनमा अफगानिस्तानले शानदार जित निकाल्दै समूह ए मा २ अंक जोडेको छ ।

अफगानी बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई १९.४ ओभरमा १०५ रनमा अलआउट गरेको थियो ।

त्यसपछि अफगानिस्तानले १०.१ ओभर खेल्दै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । ओपनरद्वय हजरतुल्लाह जजाई र रहमानुलल्ह गुर्बाजले पावर भित्रै ८३ रनको साझेदारी गर्दै जित सहज बनाएको थिए ।

गुर्बाजले सर्वाधिक ४० रन बनाए भने जजाई ३७ रनमा अविजित रहे । इब्राहिम जद्रानले १५ रन जोडे । श्रीलंकाका वानिदु हसरंगाले एक विकेट लिए ।

त्यसअघि फास्ट बलर फजल फारुकी र स्पीनरहरु चम्केपछि श्रीलंका दुई बल अगावै अलआउट भयो । श्रीलंकाका लागि भानुका राजपक्षले सर्वाधिक ३८ र चमिका करुणारत्नले ३१ रन जोडे । धनुस्का गुनतिलकाले १७ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्  ।

अफगानिस्तानका लागि म्यान अफ दी म्याच फारुकीले ३.४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिए ।

कप्तान मोहम्मद नावी र मुजिव उर रहेमानले २-२ विकेट लिए । नावीले चार ओभरमा १४ र मुजिवले २४ रन खर्चिए । रासिद खानले विकेट नलिएपनि चार ओभरमा किफायती बलिङ गर्द जम्मा १२ रन खर्चिए । नभिन उल हकले १ विकेट लिए ।

एसिया कपमा आइतबार दुई चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP