आइतबार , चैत्र २, २०८१
समानुपातिकको बन्द सूची परिमार्जन हुन्छ : गगन थापा – Deurali Khabar

१३ असोज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन्।

३ असोजमा पार्टीले बुझाएको नामावलीप्रति डा‍. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टीको कार्यक्रममा उनले असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताएका हुन् ।

माग सम्बोधन हुने गरी नयाँ सूची तय हुने थापाले आश्वासन दिएका कार्यक्रममा सहभागी एक नेताले बताए । उनका अनुसार गठबन्धनका दलहरु बीच क्षेत्रको तालमेल तथा सिट संख्याबारे भने थापाले बोलेनन् ।

समानुपातिकको बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर पक्षले मंगलबार पार्टी कार्यालयमा धर्नासमेत दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP