समानुपातिकको बन्द सूची परिमार्जन हुन्छ : गगन थापा – Deurali Khabar

१३ असोज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन्।

३ असोजमा पार्टीले बुझाएको नामावलीप्रति डा‍. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टीको कार्यक्रममा उनले असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताएका हुन् ।

माग सम्बोधन हुने गरी नयाँ सूची तय हुने थापाले आश्वासन दिएका कार्यक्रममा सहभागी एक नेताले बताए । उनका अनुसार गठबन्धनका दलहरु बीच क्षेत्रको तालमेल तथा सिट संख्याबारे भने थापाले बोलेनन् ।

समानुपातिकको बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर पक्षले मंगलबार पार्टी कार्यालयमा धर्नासमेत दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP