अबिरल वर्षाले मार्फाको फाराम खोला उर्लियो – Deurali Khabar

जोमसोम : मुस्ताङको मार्फास्थित फाराम खोला उर्लिदा स्थानीय त्रसित बने । लगातारको अविरल वर्षासँगै शुक्रबार बिहान ४ बजेदेखि फाराम खोलाको बाढी उर्लिन थालेको हो । बाढीले मार्फास्थित कालोपत्रे सडक र आशिंक स्याउबारीमा क्षति पुर्‍याएको छ ।

अविरल वर्षासँगै एकसाथै बाढी उर्लिएर आएपनि तत्कालको जोखिम भने टरेको बताइएको छ । मार्फास्थित धौलागिरी हिमालको फेदबाट बग्ने फाराम खोला अकल्पनीय रुपमा उर्लिएको मार्फाका स्थानीय दिपक लालचनले जानकारी दिए ।

उनका अनुसार खोलाको बहावले मार्फा सामुदायिक भवनलगायत त्यस आसपासका केही घर उच्च जोखिममा परेका थिए भने स्थानीय र शितोष्ण वागवानी विकास केन्द्रको स्याउबारी जोखिममा परेको थियो ।

बाढीले हिमालको फेदबाट लेदो माटो ,गेग्रान र रुखहरु बगाएर बस्ती नजिक ल्याइ पुर्‍याएको थियो । बाढीले मार्फा–टुकुचे राष्ट्रिय राजममार्ग सडक समेत अवरुद्ध बनाएको थियो ।

मार्फाको फाराम खोलामा बाढी आएपछि घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन,वडाध्यक्ष, कार्यपालिका सदस्यहरु,जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीयबासी बाढीग्रस्त क्षेत्रमा पुगेका थिए । गाउँपालिकाको पहलमा अहिले डोजर परिचालन गरी फाराम खोलालाई नियन्त्रणमा लिइएको छ । मार्फाका स्थानीय अमर घतानेले बाढीले खोलाको स्पेशमा पुरै लेदो माटोले भरिएको र पुन बाढी आएमा ठूलो विपद् निम्तन सक्ने उल्लेख गरे ।

यसअघि बुधबार पनि अविरल वर्षाले मार्फा सामाग्री स्थित करिब १ सय मिटर कालोपत्रे सडकमा ठाडो खोलाको बाढीले सडक अवरुद्ध बनेको छ भने मुस्ताङको खन्तीमा पनि सडक अवरुद्ध छ ।

योसँगै राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा सडक अवरुद्ध छ । निरन्तर वर्षा भइरहेकाले सडक मर्मत गरी सडक आवागमन सञ्चालन गर्न अप्ठ्यारो परेको छ ।

यस्तै,लगातारको वर्षाका कारण उपल्लो मुस्ताङका उच्च पहाडि क्षेत्रमा हिमपात भइरहेको लोमान्थाङ–५ का वडासदस्य छेवाङ रिङझिङ गुरुङले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP