उम्मेदवार बन्न कर, राजस्व, शुल्क, दस्तुर तिरेको हुनुपर्ने – Deurali Khabar

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने व्यक्तिले कर, राजस्व, शुल्क, दस्तुर तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने  जनाएको छ । उम्मेदवार दर्ताको दुई दिनअघि आयोगले विज्ञप्ति जारी गर्दै उम्मेदवार बन्नेहरूले स्वघोषणा गर्नुपर्ने सूचीमा सरकारी पेस्की, बेरुजु तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने उल्लेख छ । त्यसैगरी उम्मेदवार हुने व्यक्तिले विदेशको स्थायी आवासीय अनुमति पत्र (डीभी/पीआर) नलिएको हुनुपर्ने बताए ।

‘स्वघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयनपत्र पेश गर्नुपर्ने भएकाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मिति २०७९ असोज २३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने भएकाले मनोनयन दर्ता गर्नुअगावै स्पष्ट भई स्वघोषणापत्रमा दस्तखत गर्नुहुन जानकारी गराइन्छ,’ आयोगले भनेको छ‚ ‘उम्मेदवारले आफैं घोषणा गरेको विषयमा कुनै प्रश्न उठेमा सोको निरूपण गर्ने दायित्व उम्मेदवार स्वयंको हुने व्यहोरासमेत सर्वसाधारणको जानकारीका लागि अनुरोध गरिन्छ ।’

निर्वाचन आयोगले जारी गरेको सूची गर्न हुने वा नहुने विषयहरू निम्नानुसार रहेका छन्:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP