डडेलधुरामा एमालेको समर्थनमा देउवासँग कर्ण मल्ल भिड्ने – Deurali Khabar

२१ असोज, काठमाडौं । नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो ।

तर उनलाई पछि हटाएर नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो । योसँगै २४ वर्ष प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उनले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको छ ।

प्रदेशसभातर्फ भने दुबै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ । पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेश तर्फका उम्मेदवार हुनेछन् ।

गएको स्थानीय तह निर्वाचनमा एमालेले कांग्रेस बीपीसँग तालमेल गरेको थियो । ती दुई दलको तालमेलबाट कुनै पनि पालिकामा जित निकाल्न भने सकेनन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाँच र माओवादी केन्द्रले दुई पालिका जितेका छन् । सदरमुकाम गमगढीमा एमालेको सहयोगमा कांग्रेस बीपीबाट उम्मेदवार बनेका हरि भट्ट १९२ मतले पराजित भएका थिए ।

देउवासँग मल्लको सम्बन्ध विग्रिएको कांग्रेसको १४ औं महाधिवेशन अघिबाटै हो । त्यसबेला डडेलधुरा कांग्रेस सभापति रहेका मल्लसँग क्रियाशील सदस्यताको विवाद संस्थापन पक्षसँग चुलिएको थियो ।

मल्ल पक्षले बहिष्कार गरेको जिल्ला अधिवेशनबाट देउवा पक्षका भीमबहादुर साउद जिल्ला सभापति चुनिएका थिए । विवाद बढ्दै गएपछि मल्ललाई अनुशासनको कारबाही गरी मल्ल पार्टीबाट हटाइएका थिए ।

पार्टीले कारबाही गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिए । मल्ल कांग्रेस बीपीको उपाध्यक्ष समेत हुन् ।

डडेलधुरामा २०४८ सालदेखि लगातार प्रतिनिधिसभामा देउवा निर्वाचित हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP