
काठमाडौं। गैर आवासीय नेपाली संघको आगामी दुई वर्षे कार्यकालका लागि यही असोज ३० गतेदेखि हुन गइरहेको एनआरएनएको ११औं महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधिहरु नेपाल आउनेक्रम धमाधम शुरु भईरहेको छ । काठमाडौंको सोल्टी होटलमा असोज३० देखि कार्तिक ३ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि ब्यापक बढेको छ । नयाँ नेतृत्वकालागि हालका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ तथा अर्का उपाध्यक्ष आरके शर्मा बीच प्रतिस्पर्धा हुँदैछ ।
एनआरएनको चुनावमा उठन चाहने हरेक उम्मेदवारले आफनो उम्मेदवारी दर्ता गराईरहेका छन् । यसपटक महासचिव अमेरिकालाईआफ्नो कर्मथलो बनाउँदै आएका बुद्दी सागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । विगत दुई दशकदेखि अमेरिका कर्मथलो बनाउँदैआएका ,स्याङ्जामा जन्मेका र बाल्यकाल चितवनमा बिताएका सुवेदीले महासचिवमा आफनो उम्मेद्वारी दर्ता गराएका छन् । दर्ता गरेसँगै महासचिवमा उनको चर्चा शुरु भएको छ ।



एनआरएनए अमेरिकाको दुई बर्षे कार्यकालमा उनले अमेरिकामा चार सयभन्दा बढी गतिविधि सञ्चालन गरेका थिए त्यस्तै ८६ वटादेशमा आफ्नै भवन छैन तर अमेरिकाको एनआरएनए राष्ट्रिय समन्वय परिषद संग उनकै नेतृत्वमा आफ्नै स्वामित्वको भवन निर्माण गरेकोथियो।
को हुन् बुद्दी सागर सुवेदी?
स्याङ्जामा जन्मेर अमेरिकालाई कार्यक्षेत्र बनाएका सुवेदी सफल ब्यावसायी र समाजसेविका रुपमा आफुलाई बिश्वभरिका नेपालीसामु चिनाउन सफल सुवेदी विगत दुई दशकदेखि अमेरिकालाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन् । सन २००३ मा अमेरिका जानुअघि पनि विभिन्न कलेजमा अध्यापन पेशामा सक्रिय सुवेदी विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर हुदै अमेरिका पुगेपछि पनिएनआरएनए अभियानमा लागेर आफ्नो ब्यावसायसँगै सक्रिय रुपमा सामाजिक सेवा गर्दै आएका छन् ।कठिन परिश्रम र मिहिनेत साथैपरिवारको उत्तिकै सहयोग र साथले गर्दा अहिले उनी युएसका सफल ब्यावसायीको रूपमा स्थापित भैसकेका छन् । हाल उनले अमेरिकार नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल रसुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । सुवेदीले भर्खरै भैरहवामा रहेको पाचँ तारेटाइगर प्यालेस रिसोर्ट समेत खरिद गरेका छन् जसले गर्दा नेपालमा हजारौं नेपालीहरु रोजगारी सृजना गराएका छन्।
पछिल्लो समय सबैको माझ लोकप्रिय, हसिला र सरल स्वभावका सुबेदी सस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोधकोलागि यस पटक आफू महासचिव पदमा उमेद्धवारी दिन लागेको बताएका छन्।
महासचिवमा तपाईलाई भोट दिएर किन जिताउने ?
विश्वका ८६ राष्टमा विकशित भएको यो संस्थामा झण्डै एक लाख बढि सदस्य छन् । अब यो संस्थाको मुल नेतृत्व समाल्नुपर्छ र पुरानैशैलीमा जाने होइन कि यसलाई थप संगठित गर्नुपर्छ भनेर आफुले महासचिवमा उम्मेदवारी दिएको हो ।उनी थप्छन् :महासचिवको रुपमाम इतिहास रच्नेछु र संस्थालाई सुदृढ, सवल, सक्षम र साझा अर्थात सबैको बनाउन चाहन्छु । विगतमा भए गरेका गल्ती कमजोरीलाई मदोहोर्याउन दिने छैन ।
महासचिव भएपछि यस्तै केही काम गर्नेछु, जसलाई भोलि सबैले सम्झनेछन् । बुद्धि सुवेदी महासचिव हुँदा यो–यो काम त फरकतरिकाले गर्यो है भनेर इतिहासले सम्झनेछ । यसमा म बुँदागत रुपमै केही भन्नेछु ।
एउटा गर्नैपर्ने भनेको हामीले एनआरएनए नन पोलिटिकल भोलेन्टियर अर्गनाइजेशन भएकाले मैले यस संस्थामा आइसकेपछि पूर्ण समयदिनुपर्छ । मसँग रहेको सचिवालयलाई चुस्त र दुरुस्त ढंगले चलाउनुपर्छ । मसँग उपमहासचिव, सचिव छन्, उनीहरुलाई कार्यलयसञ्चालनमा मैले सहभागी गराएँ भने काम छिटो, छरितो हुनका साथै अनावश्यक जनभारको बोझ हुँदैन ।
यसो गर्दा नचाहिने कुरामा पैसा खर्च हुँन पाउँदैन । यसरी वचत भएको पैसालाई अरु नै परोपकारी काममा लगाउन सकिन्छ । यो मेरोएजेन्डा पनि हो । हामी अहिले चुनावमुखी भएका छौं । हरेक ६, ७ महिनामा कुनै न कुनै तप्कामा चुनाव भएका छन् । एनसिसि, आइसिसिको चुनाव हुन्छ । यससँगै डेलिगेसनका कुरा आउँछ । यो गर्नुपर्यो, त्यो गर्नुपर्यो भनेर सामाजिक सञ्जालमा नकारात्मकटिप्पणीहरु छताछुल्ल हुन थाल्छ । त्यसलाई नियन्त्रण र व्यवस्थापन गर्नुपर्छ । यसका लागि सम्पूर्ण पञ्जिकृत सदस्यलाई भोटिङप्रणालीमा लगेर एकैपटक सोझै भोटिङबाट आइसिसिदेखि एनसिसिसम्म एउटै ब्यालेटबाट हामीले चुनाव गराउन सकिन्छ । यस्तो प्रबन्धम आफ्नै कार्यकालमा गर्छु भन्ने लाग्छ ।
एनसीसीमुखी एनआरएनए बनाउनुपर्छ भन्ने लाग्छ मलाई । एनसीसीले सबै अपजश व्यहोर्नुपर्ने, ग्रास लेभलका मान्छेहरु जे जे भन्छन्, त्यसका जवाफदेही हुनुपर्ने । एनसीसी र त्यसको माथिल्लो तहबाट गरिनुपर्ने व्यवहार मिलिरहेको छैन, जुन मिलाउन जरुरी छ ।
एनसीसीमुखी बनाइयो भने कतिपय काममा उसलाई स्वच्छन्दता हुन्छ र संस्थामा सुधार भएर जान्छ । एनसीसी र आइसीसीको बीचमाठूलो खाडल छ । एनसीसीको अध्यक्षलाई र आइसिसीले के गरिरहेको हो थाहा छैन । अबको दिनमा प्रत्येक आइसीसीको मिटिङमाएनसीसी अध्यक्षहरु सहभागी गराउनुपर्छ । उनीहरुलाई कहाँ कहाँ के कस्ता समस्या छ भनेर त्यही अनुसार समाधान खोज्नुपर्छ । यसलेगर्दा एनसीसी अध्यक्षले पनि हामीले गरेका निर्णयलाई अपनत्व अनुभव गर्नेछन् ।
विदेशमा बसेका गैरआवसीय नेपालीहरुसँग सानोठूलो आयस्रोत सबैसँग छ । ठूलो लगानी मात्र गर्नुपर्छ भन्ने छैन । सानो लगानीलाईपनि हामीले प्रोत्साहित गर्नुपर्छ । थोपा–थोपा पानीले समुन्द्र बन्छ भनेझै स–सानो लगानीलाई एकमुष्ठ बनाएर आफ्नो देशका लागिलगानी गर्न सकिन्छ । यसो गर्न सकियो भने भोलिका दिनमा हाम्रा दोस्रो पुस्ताले मेरो बुवाको त त्यहाँ लगानी छ नि भनेर पनि नेपालसँगजोडिन्छ । आज हामीले विदेशमै हुर्काउँदै गरेका दोस्रो पुस्तालाई स्वदेशसँग जोड्नका लागि यो राम्रो कडी हुनसक्छ ।
११ औं महाधिवेशनलाई एकताको महाधिवेशन भन्न रुचाउने सुवेदी महेश कुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार रहेको टीमका महासचिवउम्मेदवार हुन ।