आठौं वालिङ महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार पशुपति शर्मा घनश्याम रिजाल लोकपप गायक सञ्जिव सिं राना लगायतका कलाकार को विशेष प्रस्तुति रहने
आठौं वालिङ महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार पशुपति शर्मा विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ,
स्याङ्जाको वालिङमा आठौं संस्करणको महोत्सव सुरु भएको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा वालिङस्थित खेलमैदानमा हिजो बिहिबारदेखि आठौं वालिङ महोत्सव सुरु भएको हो ।
हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मूल नारासहित वालिङ उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको हो । प्रादेशिक, कृषि, पर्यटन, सांस्कृतिक एवम् औद्योगिक व्यापार मेला २०८० समग्र वालिङकै महाउत्सवकारुपमा लिइएको महोत्सव हो । महोत्सवका अवसरमा व्यापारिक प्रयोजन एवम् प्रदर्शनीका लागि करिव ४ सय स्टलहरु रहेका छन् । कृषिजन्य उत्पादन, हस्तकला सामग्री, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी एवम् फेन्सी आइटमका पसलहरु राखिएका छन् । यसकासाथै विविध प्रतियोगितात्मक कार्यक्रमहरुकोसाथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् ।
महोत्सवको दोस्रो दिन आज १९ गते शुक्रबार राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, घनश्याम रिजाल, कृष्ण सुवेदी, अर्जुन थापा, ज्योति लोहोनी, नेत्र गुरुङ, कमला गैरे, नेत्र खड्का, राजेश भण्डारी, जगत गौंडेल र लोकपप गायक सञ्जिव सिं रानाको विशेष प्रस्तुति रहने कलाकार संयोजन उपसमितिका सचिव पिताम्वर खनाल ( शुसिल ) ले जानकारी दिनुभयो ।