पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश कार्यसमिति पोखराको आयोजनामा रमाइलो देउसी भैलोकार्यक्रम सम्पन्न भएको छ । दुई चरणमा आयोजना गरिएको कार्यक्रमबाट ४ लाख ५ हजार रुपैयाँ संकलन भएको अध्यक्ष राजनकार्कीले जनाए ।
पहिलो चरणमा पोखराको न्यूरोडमा रहेको सिटी पार्टी प्यालेसमा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका निबर्तमानउपाध्यक्ष हिमाल गुरुङको विशेष उपस्थितीमा कार्यक्रम गरिएको थियो ।
दोश्रो चरणमा भने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा उनकै निमन्त्रणामा देउसी भैलो खेलिएको हो ।
दुवै कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्रीय सचिव प्राज्ञ जीवन दाहाल, केन्द्रीय सचिव शंकर बिरही गुरुङ, केन्द्रीय सह–सचिव तारानाथआचार्य, पुर्व केन्द्रिय उपमहासचिव चोलेन्द्र पौडेल, केन्द्रीय सदस्य सुरेन्द्र गुरुङ, पुर्व केन्द्रिय कोषाध्यक्ष सृजना विरही थापा, कास्कीजिल्ला अध्यक्ष तुलसी क्षेत्री, संरक्षक एबं सल्लाहकारहरु तथा कार्यसमितिका पदाधिकारी एबं सदस्य समेतको सक्रिय सहभागीतारहेको अध्यक्ष कार्कीले खुलाए ।
मुख्यमन्त्री निवासमा भएको कार्यक्रममा कलाकारलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित प्रदेश सभा सदस्यहरु विन्दुकुमार थापा, नन्दप्रसाद न्यौपाने, प्रकाश बराल, सरस्वती गुरुङ लगायतले साथ दिएका थिए ।
नेपाली मौलिक कला र संस्कृतीको संरक्षण गर्नको लागि देउसी भैलो खेलिएको प्रतिष्ठान गण्डकीले जनाएको छ । आफुहरुकोअभियानमा उपस्थित भएर हौसला बढाइ साथ दिने सबैप्रति अध्यक्ष कार्कीले आभार समेत व्यक्त गरेका छन् ।