मंगलबार , फागुण ६, २०८१
महिलाहरुलाइ आर्थिक र सामाजिक रुपमा स्थापित गराउनु नै मेरो लक्ष्य हो : अनुजा प्रधान – Deurali Khabar

महिलाहरुलाइ आर्थिक सामाजिक रुपमा स्थापित गराउनु नै मेरो लक्ष्य हो, अनुजा प्रधान

सन् २००२ तिर संसारभरिबाट एकत्रित हुन थालेका नेपालीहरूले एउटाछाताखोजिरहेका थिए। जसको ओतमा विश्वभरि छरिएकानेपाली गोलवद्ध हुनसकून। , त्यही क्रममा जन्मिएको थियो– गैरआवासीय नेपाली संघ (एनआरएनए) 

केही समयपछि बेल्जियममा पनि त्यो अभियान छिर्‍योएनआरएनए बनेर। अनुजाका श्रीमान त्यो बेला एनआरएनए बेल्जियमकासंस्थापक सदस्य भए। 

अनुजा दम्पत्तीको त्यो बेला भर्खरै छोरा जन्मिएको थियो। सुरुसुरुमा नेपाली सामुदाय माझ एनआरएनएका कार्यक्रमहरू हुन्थे। 

अलि बढी बोल्नुपर्ने, अलि बढी आफूलाई अगाडी ल्याउनुपर्ने। त्यो स्वभावमै थियो अनुजाको। उनले एनआरएनएले गर्ने कार्यक्रमहरूहोस्टगर्न थालिन्। अर्थात सयौं मान्छेका बीचमा माइक समाएर बोल्ने भइन्। आफूले पनि अरुलाई चिन्दै गइन्, धेरैले उनलाई पनिचिन्न थाले। 

अलि बोल्नुपर्ने खालको छु। लागेको कुरा भन्न नडराउने। सबैसँग बोलिहाल्ने, जिज्ञासा लागेका कुराहरू भनिहाल्नेअनि अनुजाकोरहर थियोकार्यक्रम सञ्चालिका बन्ने। हरेकसँग एउटा एउटा रहर हुन्छ।

२००८ तिर उनी एनआरएनए बेल्जियमको सदस्य पनि भइन्।

त्यो रहर अब एउटा अभियानसँग गाँसिइसकेको थियो।

 

एनआरएनएको अभियानलाई मैले घरमै बसेर बुझें। धेरै कार्यक्रम जाँदा नेपालीका लागि यो चाहिन्छ भन्ने पनि थियोअनुजालाईलाग्योविदेशको यो भूमिमा सारा नेपालीलाई एउटै मालामा गाँस्ने उद्देश्य बोकेको एनआरएनए यसैगरी फैलिँदै थियो। पनि त्यसैबेलागाँसिएँ।

एक चरणको जीवन यात्रा पछि एउटा बिन्दुमा पुगिन्छ। जहाँ मान्छेले आफ्नो समाज खोज्छ। सुरु सुरुमा आफ्नो जीवनलाई स्थापित गर्नलागेका मान्छेहरूसँग फुर्सद पनि हुँदैन सबै आफ्नै धूनमा हुन्छन्। 

तर एउटा बिन्दुमा पुगेपछि सबलाई त्यो आफ्नो समाज। आफ्नोपन चाहिन्छ। 

छोरो पनि भइसकेको थियो। मलाई भन्दा पनि अब त्यो बेला मैले मेरो छोराका लागि आफ्नो समाज खोज्न थालेको थिएँअनुजा भन्छिन् त्यसरी एनआरएनएमा जोडिएको हुँ। कसैले कर लगाएर वा कसैको केही लोभमा लागेको होइन। यसका उद्देश्यहरू मन परेर लागेकीहुँ।

एनआरएनए (एनसीसीबेल्जियममा अनुजाको यात्रा सदस्य हुँदै उपाध्यक्षसम्म पुग्यो। त्यसपछि अध्यक्षका लागि उम्मेदवारी दिइन्।तर त्यो चुनाव जितिनन्। त्यसपछि उनी एनआरएनए (आइसीसीसदस्य भइन्।

एउटा चुनाव नजिते के भो ! अघिको सग्लो यात्रा उनलाई पर्खिरहेको थियो। 

त्यसपछि उनी एनआरएनए (आइसीसी) मा महिला सदस्य भएर छिरिन्। 

नेपालीका लागि नेपाली एकपटकको नेपाली सधैको नेपालीभन्ने मन्त्रलाई पछ्याइरहेकी अनुजा अब एनआरएनएकोमहिलासंयोजकका लागि आफूलाई उभ्याएकी छिन्। त्यसका लागि उम्मेदवारी घोषणा गरिसकेकी अनुजा यतिबेला नेपालमै छिन् चुनावकोतयारी गरिरहेकी छिन्।

मैले भन्दा पनि मलाई चाहनेहरू, मलाई नजिकबाट चिन्ने एनआरएनएका अभियान्ताहरू अनि अग्रजहरूले पनि यो पदमा अनुजा नैचाहिन्छ भनेपछि अघि बढेको हुँ’, अनुजा भन्छिन्यो कसैलाई चाहिएर वा चाहेर हुने होइन। यसका लागि सक्षम छु। त्यसैले यो पदरोजेकी हुँ।  यो रहर ले आउने संस्था  होइन यो गैर आवसिय हरु लाइ परेका हरेक समस्याहरुको समस्यालाइ आफ्नो समस्या सम्झेरकाम गर्न पहिला आफु सबल भएर काम गर्न आउने हो,  बिषेश महिलाका समस्यालाइ संस्थामार्फत प्रस्तुत गर्न पनि मेरो महिलासंयोजकमा नै उमेदवारी रहेको उनले थपिन,

देशभित्रका नेपाली महिला समुदाय अनि रोजगारीका लागि विदेशमा रहेका नेपाली श्रमिक महिलाहरूका लागि काम गर्नका लागिअनुजाले यो पद रोजेकी छिन्। 

गर्नुपर्ने धेरै कामहरू बाँकी छन्। हामीले गर्दै पनि आएका छौं अझ धेरै गर्नसक्छौं’, आर्थिकरुपमा सक्षम महिला नै नेतृत्वका लागिअघि बढ्नसक्छन् भन्ने मान्यता राख्ने अनुजालाई लाग्छहरेक महिलालाई नेतृत्वमा पुग्नका लागि उसको पहुँच आर्थिक कुरामा पनिहुनुपर्छ। जसले आत्मस्वाभिमान पनि बढाउँछ।

नेपाल विश्वका धेरै देशमा छरिएका नेपाली महिला अझै पनि सबै सबै ठाउँमा अघि बढ्न सकेका छैनन्। नेतृत्वमा छैनन्, प्रतिनिधित्वछैन। कोही छाँयामा छन्, कति पछि पारिएका छन्। 

विदेशमै रहेका नेपाली महिला पनि सबै नै सक्षम हुनुहुन्छ वा बनाइएको भन्ने होइनअनुजा भन्छिन्श्रमिक भएर विदेश गएकामहिलाहरूलाई अझ धेरै समस्या हुन्छ। सबै महिलाले विदेशमा गएर व्यवसाय नै गरेका छन् भन्ने पनि होइन। कति परिवारको आश्रयमापनि गएका हुन्छन्।

अनुजाले अब नेपालमा रहेका विदेशमा रहेका नेपाली महिलाको हक, हित अधिकार अनि उनीहरूको दक्षताका लागि एनआरएनएसँगजोडेर विश्वव्यापी अभियान चलाउन चाहन्छिन्। त्यसकै लागि एउटा माध्यमका रुपमा उनले एनआरएनएको महिला संयोजक पदचुनेकी हुन्। 

सबैभन्दा धेरै विदेशमा रहेका नेपाली महिलामा देखिएको मानसिक स्वास्थ्यको समस्यालाई मैले प्राथमिकतामा राखेको छुअनुजालाईथाहा परिवारको आश्रयमा बसेका अनि दिनभरि घरमै हुने वा दिनभरि, रातभरि काममा खटिने महिलालाई त्यसको खाँचो छ। मेन्टलहेल्थलाई हामीले हल्का रुपमा लिन्छौं तर यो अहिले निकै ठूलो समस्या भइसकेको छ।

करिब दुई दकशदेखि एनआरएनए अभियानमा जोडिएकी अनुजाका लागि नेतृत्वमा आफू आफूजस्ता महिलालाई पुर्‍याउने यो एउटाअभियान पनि हो। 

हामी यसका लागि सक्षम छौं। त्यसैले यहाँ छौंअनुजा भन्छिन्कसैको कृपा भएर वा चाहेर अनि नचाहेर एउटा महिला नेतृत्वको भविष्यनिर्धारण हुँदैन।’ 

बेल्जियममा आफैं अघि सरेर एक सफल नेपाली व्यवसायीको पहिचान बनाउन सफल अनुजाका लागि यो अन्तिम लडाईं होइन तर योउनको नेतृत्व यात्राको सुरुवात पनि हो।

अनुजा प्रधानलाई हेरिरहेका हरेक नेपाली महिलाका लागि यो एउटा परीक्षा पनि होअनुजा भन्छिन्अब त्यसलाई स्थापित गर्ने बेलाभइसकेको छ। अब त्यही लडाईंमा छु।

हरेक लडाईंको एउटा चरण यही आत्मस्वाभिमान आधा आत्मविश्वासले नै जितिदिन्छ। बाँकी लडाईं मैदानमै हुन्छ जहाँ हार जितको फैसला  हुन्छ,  मेरो जीत नै सबै गैर आवशिय महिलाहरुको जित हो भन्ने ठानेको छु, सबैको साथ  जित्नेमा बिस्वस्त छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP