लन्डन । स्याङ्जा समाज युकेको दोस्रो महाधिवेशन आगामी डिसेम्बर ३ तारिखमा हुने भएको छ ।
अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसमिति पनि गठन गरेको छ । समाजका वरिष्ठ सल्लाहकार डेविड गुरुङको संयोजकत्वको निर्वाचन समितिमा गोमा राना, इन्द्र क्षत्री, पार्वती गुरुङ र गिर गुरुङ छन् ।
स्याङ्जा समाज युकेले स्थापनाकालदेखि छोटो अवधिमै विभिन्न कार्यहरु – एक आपसी सहयोगमा समाजको उत्थानको लागि नेपालमाआफ्नो जिल्ला विकासमा सहयोग, कोभिडको विषम परिस्थितिमा सहयोग, स्याङ्जा जिल्लावासीलाई मोतीबिन्दु अपरेसनमासहयोगलगायत अन्य आपतकालमा सहयोग गर्दै आइरहेको छ ।
अध्यक्ष गुरुङ र महासचिव डा. बलराम ढकाललगायत कार्यसमितिले अधिवेशनको दिन ३ डिसेम्बरमा स्याङ्जावासी दाजुभाइ, दिदीबहिनी सम्पूर्णलाई ठमेल रेस्टुरेन्ट अल्डरसटमा उपस्थितिको लागि निमन्त्रणा साथै महाधिवेशन सफल पार्नसमेत आह्वान गरेकोनेपाल स्याङ्जा समाज यु के का अध्यक्ष शारदा गुरुङले जानकारी दिए।