काठमाडौं । पृथ्वीले परिक्रमा गर्ने हाम्रो सूर्य आकाशगंगा (मिल्कीवे) तारापुञ्ज (ग्यालेक्सी) मा रहेका करिब १०० अर्ब ताराहरूमध्येको एक हो । आकाशगंगा तारापुञ्ज एक केन्द्रीय विन्दु वरिपरि करिब एक लाख प्रकाश वर्षसम्म फैलिएको छ ।
प्रकाशले एक वर्षमा पार गर्ने दुरीलाई एक प्रकाश वर्ष भनिन्छ । प्रकाशको गति यति धेरै हुन्छ कि यसले एक सेकेन्डमा करिब तीन लाख किलोमिटर दुरी र एक घण्टामा करिब एक अर्ब किलोमिटर दुरी पार गर्छ ।
यी ताराहरू चारपाटे फिरफिरे (पिनव्हील आकार) जसरी अवस्थित छन् र ती चारमध्येको एकमा केन्द्रबाट करिब दुई तिहाइ बाहिर हाम्रो सूर्य रहेको छ ।
हाम्रो तारा सूर्य र यसका ग्रहहरू अथवा सौर्यमण्डलझैँ तारापुञ्जका अन्य धेरैजसो ताराहरूको पनि यस्तै आफ्नोआफ्नो परिवार रहेको अनुमान गरिएको छ । पृथ्वीझैँ आफ्नो ताराको परिक्रमा गर्ने हजारौं ग्रहहरू हालसम्म फेला पनि परेका छन् र यी हाम्रो ग्रह प्रणालीभन्दा फरक छन् ।
आकाशगंगा तारापुञ्जका सबै ताराहरूले तारापुञ्जको केन्द्रमा अवस्थित हाम्रो सूर्यभन्दा ४० लाख गुणा ठूलो ‘सुपरम्यासिभ’ ब्ल्याक होलको परिक्रमा गर्छन् ।

यसो भनिरहँदा सूर्य त्यसमा समाहित हुन्छ कि भनेर चिन्ता भने मान्नु पर्दैन । यो ब्ल्याक होल पृथ्वीबाट लगभग २८ हजार प्रकाश वर्षको सुरक्षित दूरीमा पर्छ ।
यो हाम्रो आकाशगंगाझैँ ब्रह्माण्डमा अरबौं तारापुञ्ज रहेका छन् र प्रत्येकमा लाखौंदेखि अरबौं ताराहरू रहेका छन् ।
पूराना अवलोकन एवं अन्वेषणकर्ताहरूलाई हाम्रो तारापुञ्ज कालो, अँध्यारो आकाशमा प्रकाशको दूधे ब्यान्ड जस्तै देखिएका कारण यसलाई मिल्की वे ग्यालेक्सी भनिएको हो ।
आकार र फैलावट
माथि भनेझैँ आकाशगंगा तारापुञ्जका सबै ताराहरूले यसको केन्द्रमा रहेको एउटा ठूलो सुपरम्यासिभ ब्ल्याक होलको परिक्रमा गर्छन्, जुन हाम्रो सूर्यभन्दा करिब ४० लाख गुणा ठूलो रहेको अनुमान गरिएको छ । जसबाट पृथ्वी सुरक्षित रुपमा करिब २८ हजार प्रकाश वर्ष टाढा रहेको छ ।
आकाशगंगा तारापुञ्जले आफ्नो कक्ष (ग्यालेक्टिक सेन्टर) मा आठ लाख २८ किलोमिटर प्रतिघण्टाको गतिमा परिक्रमा गरिरहेको छ । ग्यालेक्टिक सेन्टरको परिक्रमा गर्न हाम्रो सौर्यमण्डललाई करिब २३ करोड वर्ष लाग्छ ।
अवस्थिति
हाम्रो आकाशगंगा तारापुञ्ज ३० वटा तारापुञ्ज मिलेर बनेको एक छिमेकीहरूको समुह (लोक्कल गुप्र) हो । एक करोड प्रकाशवर्षसम्म फैलिएका यी तारापुञ्जहरू गुरुत्वाकर्षण बलले एक अर्कामा बाँधिएका छन् ।
हाम्रो तारापुञ्ज बाहेक यो समूहको सबैभन्दा ठूलो एन्ड्रोमेडा तारापुञ्ज हो, जुन करिब चार अर्ब वर्षमा आकाशगंगा तारापुञ्जसँग ठोक्किनसक्ने देखिएको छ ।
बनावट एवं संरचना
तारापुञ्जको अध्ययन गरिरहेका वैज्ञानिकहरूले यसको सबैभन्दा बाहिरी भागमा(टाढा) रहेको तारा र भित्रि भागमा (नजिक) रहेको ताराहरूले समान दुरीमा कक्षको परिक्रमा गरिरहेको पाएका छन् । जुन, न्युटनको गुरुत्वाकर्षणसम्बन्धी नियमभन्दा विपरित छ ।
गुरुत्वाकर्षणसम्बन्धी न्युटनको विश्वव्यापी नियमअनुसार कुनै पनि दुई विन्दुमा रहेका पदार्थबीच आकर्षण बल हुन्छ । उक्त बल ती दुई पदार्थको पिण्डको गुणानफलसँग समानुपातिक तर, ती दुईबीचको दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ ।
यसै कारण वैज्ञानिकहरूले तारा, त्यहाँ हुने ग्यास र धुलोको बादलबाहेक तारापुञ्जमा रहेको अरू कुनै कुराले थप गुरुत्वाकर्षण बल प्रदान गरिरहेको छ, भनेर अनुमान गरेका छन् ।
यसरी तारापुञ्जमा हामीले देखेको अथवा थाहा पाएको कुराको तुलनामा झन्डै पाँच गुणाबढी त्यस्तो रहस्यमय अदृष्य कालो पदार्थ (डार्क म्याटर) रहेको वैज्ञानिकहरूको भनाइ छ । अदृष्य यो कुरा गुरुत्वाकर्षण बलको तानातानले मात्रै छ भन्ने थाहा हुन्छ ।
कालो उर्जाले विस्तार हुँदै ब्रह्माण्ड
३० तारापुञ्जको छिमेकी समूह जस्ता कयौं, छिमेकीहरू छन् र यी सबै एकअर्काेबाट टाढाटाढा गइरहेका छन् र योबीचमा ठाउँ खाली भइरहेको छ । यसको अर्थ ब्रह्माण्ड विस्तार हुँदै छ । यसै खोजले ब्रह्माण्ड उत्पत्तिको बिग ब्याङ्ग सिद्धान्तलाई ल्याएको थियो ।
वैज्ञानिकहरूले ब्रह्माण्डमा भएका सबै कुराको गुरुत्वाकर्षण बलले विस्तारको गतिमा ब्रेक लगाउनसक्ने र अन्ततः विस्तार रोकिने र सबै पिण्ड एउटैमा समाहित हुनसक्ने अनुमान गरेका थिए । तर, सन् १९९० ब्रह्माण्ड झनै तीव्र गतिमा विस्तार भइरहेको फेला पर्यो ।
ब्रह्माण्डको विस्तारलाई आश्चर्यजनक तरिकाले झनै तीव्र पार्नुपछाडि यही अदृष्य उर्जा अथवा कालो उर्जा (डार्क म्याटर) रहेकोमा जोड मिलेको छ ।
यो के हो भनेर कसैलाई पनि थाहा छैन तर, एउटा सम्भावना यो अन्तरिक्षको खाली ठाउँमा रहेको ऊर्जा हो भन्ने छ ।
आइन्सटाइनले यी बराबर एमसी स्क्यैरमा भनेझैँ पदार्थ र उर्जा बराबर भएकाले वैज्ञानिकहरूले कालो उर्जाले ब्रह्माण्डको ६८ प्रतिशत हिस्सा ओगटेको छ भन्ने आंकलन गरेका छन् ।
यस्तै, अँध्यारो पदार्थ (डार्क म्याटर)ले अर्को २७ प्रतिशत हिस्सा ओगटेको र बाँकी प्रोटोन, न्युट्रोन, इलेक्ट्रोन र फोटोनले केबल पाँच प्रतिशत हिस्सा मात्रै ओगटेको देखिन्छ, अर्थात् हामीले देखे बुझेको यो ब्रह्माण्ड (एस्ट्रोइड, उपग्रह, ग्रह, तारा, ब्ल्याक होललगायत) केबल ब्रह्माण्डको पाँच प्रतिशत हिस्सा मात्रै हो ।
वैज्ञानिकहरूले अवलोकनयोग्य ब्रह्माण्डमा कम्तीमा १०० अरब तारापुञ्ज रहेको अनुमान गरेका छन् र सबै ताराहरूले भरिपूर्ण छन् । समग्रमा विशाल रूपले हेर्दा यो पानीका फोकाहरू जस्तो देखिने संरचना अथवा आकार बन्छ, जसमा तारापुञ्जका लहरा, पंक्ति र श्रृंखलाहरू ब्रह्माण्डको शून्यता वरिपरि घेरिएका हुन्छन् ।