नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति तयार गर्दैछ । मौद्रिक नीति तयारीको करिब अन्तिम चरणमा प्रवेश गरिसकेको बैंकले जनाएको छ । तर, यता सरोकारवाला पक्षहरू भने मौद्रिक नीतिलाई नै लिएर भयभीत हुन थालेका छन् ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति तयार गर्दैछ । मौद्रिक नीति तयारीको करिब अन्तिम चरणमा प्रवेश गरिसकेको बैंकले जनाएको छ । तर, यता सरोकारवाला पक्षहरू भने मौद्रिक नीतिलाई नै लिएर भयभीत हुन थालेका छन् ।
सांसद, गैरसांसददेखि उद्योगी व्यवसायी तथा लगानीकर्ताहरू राष्ट्र बैंकले कस्तो खालको मौद्रिक नीति ल्याउने हो र त्यसले मुलुकको आर्थिक स्थायित्व, समस्या निराकरण गर्ने हो की होइन भन्ने चिन्तामा छन् । भने यता धितोपत्र (सेयर) लगानीकर्ताहरू मौद्रिक नीतिले आफू अनुकूल नीति ल्याउने हो की होइन भन्ने चिन्तित देखिन्छन् ।
जे होस्, राष्ट्र बैंकले यसपटक कसैको स्वार्थभन्दा माथि उठेर मुलुकको आर्थिक स्थिति सुधार, अहिलेको माग र आवश्यकतालाई नै मध्यनजर गरेर मौद्रिक नीति ल्याउने बताएको छ । आइतबार मात्र उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघसँग मौद्रिक नीतिको विषयमा छलफल गर्न उपस्थित भएका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिलाई लिएर कोहीँ पनि चिन्तित र सशंकित नहुन आग्रह गरे ।
‘कसले के माग राख्यो र कसको के चाहना छ, त्यसमा राष्ट्र बैंकको भन्नु केही छैन । यो स्वाभाविक पनि हो । तर, यत्ति हो कसैले माग्दैमा र चाहँदैमा पाउँदैन’ अधिकारीले भने, ‘महाप्रसाद अधिकारीलाई लागेकाले पनि मौद्रिक नीति आउँदै । समयको माग अहिलेको आवश्यकता अनुसार नै मौद्रिक नीति आउँछ’ गभर्नर अधिकारीले भने ।
यसको मतलब अहिले राष्ट्र बैंक उद्योग व्यवसायी तथा विभिन्न स्वार्थ समूहको कुरा सुन्ने भन्दा पनि मुलुकको आवश्यकता के हो ? मौद्रिक नीतिले के कुरा, कुन पक्ष सम्बोधन गर्नुपर्छ ? त्यतातर्फ केन्द्रित भएको प्रस्ट पार्छ ।
खासगरी पछिल्लो समय बढ्दो आयातसँगै चुलिएको व्यापार घाटा, निरन्तरको घट्दो विदेशी मुद्राको चाप र मुलुक भित्रको तरलता व्यवस्थापनमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने बाध्यता छ । सङ्ख्यात्मक रूपमा वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या दिनानुदिन बढिरहे पनि रेमिट्यान्समा खासै सुधार आउन नसक्नु अर्को चुनौतीको विषय छ । यसलाई समेत सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउने योजनामा राष्ट्र बैंक देखिन्छ ।